Thursday, October 29, 2009

शान्ती सम्झौता समयाअनुकुल परिवर्तन हुनुपर्छ -रक्षामन्त्री
नारायणगढ १२ कात्तिक । रक्षमन्त्री विद्यादेवी भण्डारीले शान्ती सम्झौता समय अनुकुल नभएको बताएकी छिन् ।तीन वर्ष अगाडी राजसंस्था भएको अवस्थामा गरिएको शान्ती सम्झौता समय अनुकुल नभएको भन्दै उनले भनिन्- त्यतिवेला माओवादी विद्रोही शक्तिको रुपमा भएको बेला गरिएको शान्ती सम्झौताको अव समय अनुकुल परिमार्जन गर्नुपर्छ ।ु
मदन भण्डारी फाउण्डेशन भवनको शुक्रबार उद्घाटन गर्ने कार्यक्रमको लागि चितवन आएकी उनले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग बिहीबार कुरा गर्दै नेपाली सेनालाई माओवादीले विद्रोही शक्तिको रुपमा हेर्न नहनॆ पनि बताईन् । माओवादीले नेपाली सेनालाई माओवादीको जनसेना सँग समानान्तर शक्तिको रुपमा हेरेर नेपाली सेनाको काममा बाधा पुर् याउन नहुने उनको भनाई थियो ।
रक्षामन्त्री भण्डारीले भनिन्-ुनेपाली सेनाको सांगठनिक प्रकृया अनुरुप पहिलेको संख्या यथावत रहने गरी सेना भर्ना गर्ने नियमित प्रकृया रोक्नु हुँदैन ।ु
उनले सेना समायोजनको विषयमा आफुले दिएको अभिव्यक्तिलाई प्रधमनमन्त्रीले व्यक्तिगत विचार भनेको आफुलाई थाहा नभएको पनि बताइर्ंन् । धेरै जनाले प्रधानमन्त्री र आफुसँग भएको भेटको विषयलाई लिएर बजारमा आृउने टिप्पणी आफुलाई थाहा नभएको उनको कथन थियो । रक्षामन्त्री भण्डारीले नेपालमा अनमिनको भूमिका पनि तटस्थ नभएको दावी गरेकी छिन् । अनमिनका प्रतिनिधीको तर्फबाट बेला बेलामा आउने अभिव्यक्तिले अनमिनको भूमिका माथी प्रश्न उठ्छ -उनले भनिन् ुअनमिनले शान्ती सम्झौता भित्र रहेर भूमिका निर्वाह गर्न मैले पटक पटक सम्झाएको छु । अनिमिनले नेपालमा तटस्थ भूमिका नखेले िसंगो संयुक्त राष्ट्रसंघको इज्जतमा प्रश्न उठ्ने उनको धारणा थियो । उनले दलहरुले कुसर्ीको लागि नभई देश र जनताको हितको लागि सहमती खोज्नुपर्ने पनि बताएकी छिन् । मन्त्री भण्डारीले शान्ती प्रकि्रयालाई अप्ठ्यारोमा नपार्ने गरी सबै दल मिलेर सहमती खोज्नुपर्ने बताएकी हुन् ।
चितवनको दिव्यनगरमा बन्न लागेको सेनाको प्याराजम्पिङ्ग सेन्टरको जनताले विरोध गरेको बारेमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले जनता जग्गा चाहन्छन् भने सेनाले कुनै हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाईन् । जनताको रोजीरोटीको सवालमा रक्षामन्त्रालय संवेदनशिल भएको बताउँदै उनले जनताको चाहना विपरित प्याराजम्पिङ्ग नबनाउने स्पष्ट पारेकी थिईन् । रक्षमन्त्री भण्डारीले बिहीबार चितवनको सौराहामा नेकपा एमालेका कार्यकर्तालाई प्रशिक्षण तथा चितवन राष्ट्रिय निकुाजमा रहेका होटलहरुका बारेमा जानकारी लिएकी थिईन् ।उनको शुक्रबार मदन भण्डारी फाउण्डेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment